global ime bank Long Banner Ad

गृहपृष्ठ एनआरएनएको निर्वाचन गराउन निर्वाचन समिति सक्रिय

एनआरएनएको निर्वाचन गराउन निर्वाचन समिति सक्रिय

एनआरएनएको निर्वाचन गराउन निर्वाचन समिति सक्रिय

यही वैशाख २० देखि २२ गते सम्म ( मे ३–५, २०२५) मा काठमाडौंमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि तयारी भई रहेको निर्वाचन समितिले जनाएको छ ।

‘निर्वाचनको लागि हामीले आवश्यक तयारी गर रहेका छौँ । एनआरएनए उच्चस्तरीय समितिबाट मतदाता (डेलिगेट) को अन्तिम सूची प्राप्त हुनासाथ निर्वाचनको कार्य तालिका प्रकाशन गर्ने छौँ,’प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले बताए । उनले संघको विधानको मर्म तथा उच्चस्तरीय समितिले पारित गरेको कार्यविधिको आधारमा पारदर्शी र कानुन सम्मत तरिकाले निर्वाचन सम्पन्न गरिने बताए ।

सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्न र नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को चुनाव गराउनका लागि वरिष्ठ अधिवक्ता घिमिरे प्रमुख निर्वाचन आयुक्त र अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहेका तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ । उच्चस्तरीय समितिले सोमवार एक पत्रकार सम्मेलन गर्दै महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु