global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बारमा नयाँलाई पदभार हस्तान्तरण

नेपाल बारमा नयाँलाई पदभार हस्तान्तरण

नेपाल बारमा नयाँलाई पदभार हस्तान्तरण

नेपाल बार एसोसिएसनमा प्रा डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । बार एसोसिएसनद्वारा आज यहाँ आयोजित वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा यसअघिका अध्यक्ष गोपालकृष्ण घिमिरेको कार्यसमितिले नयाँ कार्र्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो ।

बारको अध्यक्षसहित २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत चैत २३ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनले बारमा २५ जना नयाँ कार्यसमिति चयन गरेको हो ।

पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले नेपाल बारलाई राजनीतिबाट मुक्त तुल्याउने, वकिलहरूको पेसागत हकहितका लागि आवाज उठाउने साझा र बलियो संस्थाका रूपमा अघि बढाउने अभियानमा साथ सहयोगको अपेक्षा गरे ।

उनले भने, “निर्वाचनका बेला जारी गरिएको घोषणपत्र कार्यान्वयन, संस्थालाई राजनीतिबाट मुक्त, गतिविधिलाई पारदर्शी र नतिजा मूलक बनाउन नयाँ कार्यसमितिले ध्यान पुर्‍याउने छ ।”

अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचनमा राजनीतिक दल र सरकारको प्रत्यक्ष असर पर्न नहुने धारणा राखे । उनले बारका निर्णय तथा गतिविधिमा राजनीतिक दल र सरकारको प्रभाव परेमा वा त्यस प्रकारका गतिविधि भएमा स्वीकार्य नहुने बताए । श्रेष्ठले भने, “बारले वकिलको हकहित र कतिपय सन्दर्भमा न्यायलयबारे उठ्दै आएको प्रश्नलाई स्वतन्त्रपूर्वक निष्कर्षमा पुर्‍याउन कोसिस गर्नुपर्छ ।”

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्तव्य राख्ने अन्य वक्ताले पूर्खाले आर्जेको प्रतिष्ठा र एकताको भावसहित निष्पक्ष वातारणमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु