global ime bank Long Banner Ad

गृहपृष्ठ वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै  काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको छ ।

वर्षा भएपछि आज सडक एकतर्फी सञ्चालन गरिएको हो । काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।

वर्षापछि सडकमा हिलोका कारण सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउनेलाई मात्रै साँगाबाट आउन दिएको उहाँले बताउनुभयो । भक्तपुर हुँदै काभ्रे जाने दुईपाङ्ग्रेलगायत हल्का चारपाङ्ग्रे सवारीसाधनहरू जगातीबाट च्याम्हसिंह हुँदै ताथली नाला सडकबाट बनेपा निस्कने गरी व्यवस्था मिलाइएको छ ।

भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने जगातीमै रोकिएको छ । सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगाखण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने र सवारीसाधन चिप्लिने समस्या हुने गरेको छ ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु