global ime bank Long Banner Ad

गृहपृष्ठ ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न

‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न

‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न /]8kf08f …xfa|]Ú km'lªnª, # h]7 M ;d'› ;txb]lv tLg xhf/ ld6/ prfOdf cjl:yt tfKn]h'ªsf] km'lªnª gu/kflnsf—!! kmfjfvf]nfsf] xs{6] If]qdf /x]sf] /]8kf08f -xfa|]_ . /ftf] kf08f !) b]lv @% l8u|L ;]lN;o; tfkqmd ePsf] / jflif{s¿kdf sd} dfq tfkqmd 36a9 x'g] ! xhf/ *)) b]lv $ xhf/ *)) ld6/ prfOsf If]qx¿df kfOg] u5{ . of] vf;u/L u'/fF; / afF; k|z:t ePsf] ;dlztf]i0f ktem8 / sf]0fwf/L hËn If]qx¿df kfOg] ul/Psf] 5 . tl:a/ M lbns'df/ lnDa"÷/f;;

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर नगरपालिकाले पर्यटकीयस्थल हुर्लुङमा आयोजना गरेको दुईदिने महोत्सव सम्पन्न भएको हो ।

लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही वैशाख–१ र २ गते महोत्सव आयोजना गरिएको थियो । महोत्सवको अवसर पारेर ‘रेडपाण्डा तथा थार रुट’को औपचारिक रूपमा शुभारम्भ तथा नक्सासमेत सार्वजनिक गरिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङबाट रुपाकोट हुँदै बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामकरण गरिएको छ । रेडपाण्डा तथा थार रुटको औपचारिक शुभारम्भ अभिनेता एवं मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को सद्भावना दूत दयाहाङ राईले गरेका छन ।

महोत्सवमा विभिन्न समुदायका संस्कृति झल्किने सांस्कृतिक झाँकी, रैथाने खानपान, वेशभूषा, रहनसहनसँग सम्बन्धित छुट्टाछुट्टै स्टल (कक्ष) राखिएको थियो । जिल्लामै पहिलोपटक आयोजना गरिएको महोत्सवमा राई, मगर, शेर्पा, तामाङ, गुरुङ, नेवार, ब्राह्मण, क्षेत्रीलगायत विभिन्न जातजातिको स्टल आकर्षणको केन्द्र बनेको थियो ।

स्थानीय समुदायको सक्रियतामा आयोजित महोत्सवले पर्यटन एवं होटल व्यवसायीहरू उत्साहित भएका छन् । हुर्लुङमा आयोजित दुईदिने महोत्सवमा राखिएका स्टल सञ्चालक तथा होटल व्यवसायीले लाखौँको कारोबार गर्न सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राईले जानकारी दिएका छन ।

महोत्सवको पहिलो यही वैशाख १ मा अतिथिहरूसहित पर्यटकीयस्थल रुपाकोट पुगेर बास बसिएको थियो । समुद्री सतहबाट दुई हजार ६०० मिटर उचाइमा पर्ने रुपामोटमा रातभर जुहारी (गीतको भाकामार्फत सवाल–जवाफ फर्काउने काम) गाउनुका साथै वैशाख २ गते बिहान सूयोद्धयको दृश्य, सर्वोच्च शिखर सगरमाथा, तराईका फाँटलगायतको दृष्यावलोकन गरेर पुनः कार्यक्रमस्थल फर्किएको थियो ।

सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरपालिकालाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पदमार्गको औपचारिकरुपमा शुभाराम्भ गरिएको नगरपालिकाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिएका छन । “मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट करिब तीन दिनको यात्रामा पूरा हुन्छ । रुपाकोट आफैमा पर्यटकीय क्षेत्र हो”, उनले भने, “रुपाकोटको पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले हुर्लुङ हुँदै रुपाकोटबाट मुन्दुम ट्रेल जोड्ने मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ पहिचान गरिएको छ । यो रुटले नगरपालिकाको आयस्रोत वृद्धिमा समेत टेवा पुग्नेछ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अभिनेता राई, अर्थविद् हरि रोका, पूर्वसांसद टङ्क राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो । उद्घाटन तथा समापन कार्यक्रमका वक्ताहरूले पर्यावरणलाई जोगाउँदै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्ष २०८२ को अवसर पारेर पर्यटकीयस्थल हुर्लुङमा आयोजित महोत्सवमा हजारौँको सहभागिता रहेको थियो । जिल्लामै पहिलोपटक हुर्लुङमा आयोजना गरिएको रेडपाण्डा तथा थार महोत्सवमा राखिएका विभिन्न जातजातिको स्टलहरुमा तस्वीर तथा भिडियो खिच्ने स्थानीयवासीको भीड लागेको थियो ।

गत पुसमा औपचारिकरुपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको छ ।

मुन्दुम टे«ल भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घसंस्थाले विभिन्न महोत्सवहरू आयोजना महोत्सव गर्ने तयारी गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेको छ ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु