काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी

2.05K
shares

१५ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी छ ।
बुधवार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताएपछि पनि शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।

मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउदै आएका छन् ।