global ime bank Long Banner Ad

गृहपृष्ठ मुन्दुम पदमार्गको चखेवामा ‘रैथाने खाना महोत्सव सम्पन्न’

मुन्दुम पदमार्गको चखेवामा ‘रैथाने खाना महोत्सव सम्पन्न’

मुन्दुम पदमार्गको चखेवामा ‘रैथाने खाना महोत्सव सम्पन्न’ {"caption":"u092eu0941u0928u094du0926u0941u092e u092au0926u092eu093eu0930u094du0917u092eu093e u092au0948u0926u0932 u092fu093eu0924u094du0930u0940u00a0u0964 u0924u0938u094du092cu093fu0930 : u0921u092eu094du092cu0930u0938u093fu0902/u0915u093eu0928u094du0924u093fu092au0941u0930nn","photographer":"","alt_text":""}

मुन्दुम पदमार्गका विकास तथा प्रवर्द्धनका लागि भोजपुरको चखेवामा रैथाने खाना महोत्सव सञ्चालन गरिएको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर रैथाने खाना महोत्सव सञ्चालन गरिएको हो ।

महोत्सवमा टेम्केमैयुङ गाउँपालिकामा पाउने कोदो, फापर, गुन्द्रुक, भटमासको किनिमा भुटेको मकै, कुखुराको वाचिपा (तिते)लगायत परिकारसँगै स्थानीय उत्पादनको प्रदर्शनी गरिएको हो । त्यस्तै माछाको सुकुटी, पाहा, कोदोको मःम, कोदोको ढिडोको परिकारको पनि प्रदर्शनी गरिएको छ ।

स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणसँगै आउने पयर्टकले खान पाउने रैथाने खानेकुराको जानकारी दिने उद्देश्यका साथ रैथाने खाना महोत्सव सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन। मुख्य रूपमा मुन्दुम पदमार्गमा आउने पर्यटकलाई यहाँको खानाको परिकारको विषयमा जानकारी दिन महोत्सव आयोजना गरिएको उपाध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाको संयोजन र पर्यटनमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा महोत्सव सञ्चालन गरिएको हो । महोत्सवले यहाँका स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई सफल बनाउन महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

चखेवामा रैथाने महोत्सव सञ्चालनले स्थानीयवासी उत्साहित भएका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनका परिकार खुवाउने होटल व्यावसायीहरूको भनाइ छ । पर्यकटलाई लक्षित गरेर नयाँ वर्षको अवसरमा दुई दिने महोत्सव सञ्चालन गरिएको हो ।

 

प्रकाशित समय : १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु