global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति तथा जिल्ला विकास समिति दाङका पूर्वसभापति तिर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

नेता ज्ञवालीको आज निधन भएको हो । कांग्रेसले उनले सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेको छ । लामो समयसम्म कांग्रेसकोे विभिन्न पदीय जिम्मेवारीमा रहेर ज्ञवालीले कार्य गरेको थियो । उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।

विसं २०२३ देखि राजनीतिमा प्रवेश गरेका स्व ज्ञवालीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको थियो । विसं २००८ जेठमा जन्मेका उनले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा करिब साढे चार वर्ष जेल जीवन बिताएको थियो ।

तत्कालीन पञ्चायती व्यवस्थाले उनको सर्वस्वहरण गर्नुका साथै आजिवन कारावासको सजायसमेत गरेको थियो ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु