global ime bank Long Banner Ad

गृहपृष्ठ नगरकोट भ्रमण वर्ष भोलिदेखि

नगरकोट भ्रमण वर्ष भोलिदेखि

नगरकोट भ्रमण वर्ष भोलिदेखि
नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचारप्रसार गर्ने उद्देश्यले भोलिदेखि ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुँदैछ ।
चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ नगरकोटको ‘बतासेडाँडा’ मा हुनेछ ।
भ्रमण वर्षभरि चल्ने र सो क्रममा एक लाख अन्तरराष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा नगरकोट भ्रमण वर्ष आयोजना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धकको रुपमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड छन् ।
भ्रमण वर्ष सफल पार्न मण्डन देउपुरका नगरप्रमुख टोपबहादुर वाइबाको संयोजकत्वमा चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, शङ्खरापुरका नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, मण्डन देउपुरका उपप्रमुख विष्णुमणि नेपाल र चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत एक हजार १०१ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न नौ वटा उपसमिति गठन भएका छन् ।
नगरकोटसँग चारवटै नगरपालिकाको पर्यापर्यटन, कृषि पर्यटन, त्यस क्षेत्रका जातजाति, वेशभूषा, जात्रा, पर्व, सांस्कृतिक पहिचान लगायतको उजागर गर्र्दै होमस्टेको विस्तार गर्ने गरी भ्रमण वर्ष मनाइने चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले राससलाई जानकारी दिए ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु