गृहपृष्ठ वीरगञ्जमा देखिएको विवाद समाधान गर्न पाँच बुँदे सहमति
वीरगञ्जमा देखिएको विवाद समाधान गर्न पाँच बुँदे सहमति

वीरगञ्जमा दुई समुदायबीचको उत्पन्न विवाद समाधान गर्न पाँच बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा ११ घण्टाको लगातार भएको सर्वपक्षीय बैठकपश्चात् वीरगञ्जको विवाद समाधानका लागि उपाय निकालिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहितको बैठकले घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन र अनुसन्धान गरी कानुनी कारबाही गर्ने सहमति गरेको छ ।
यस्तै अन्तरधार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिवद्ध रही कानुनी कारबाहीको प्रकृयामा सहयोग पुर्याउने सहमति भएको छ ।
प्रकाशित समय : १८:५८ बजे