global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुट

सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुट

सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुट

सिटिजन्स बैंकले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।

सो योजना अन्र्तगत डेविट कार्ड प्रयोगकर्ताहरुले पहिलो पटक पस मेसिन वा अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा १८० रुपैयाँ क्यास ब्याक दिइने छ । यसैगरी सिटिजन्स मोबाईल बै‌किङ्ग मार्फत क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढिमा १८० क्यास ब्याक प्रदान गरिने छ ।

साथै फोन पे मर्चेन्टले आफ्नो ब्यवसायिक कारोवार रकम क्यूआर मार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई १ हजार ८०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ । यसमा निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था,स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बैंकिङ मार्फत मोबाईलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढिमा ५० रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ ।

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु