global ime bank Long Banner Ad

गृहपृष्ठ गभर्नर नियुक्तिमा उमेर हद हटाएको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर

गभर्नर नियुक्तिमा उमेर हद हटाएको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर

गभर्नर नियुक्तिमा उमेर हद हटाएको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर

नयाँ गभर्नर नियुक्तिमा उमेरहद हटाएको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएकाे छ । केही समयअघि सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ६५ वर्षसम्म उमेरहद रहेकोमा त्यो हटाएपछि सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो । अधिवक्ता विशाल थापाले आइतबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

नेपाल राष्ट्र बैंककै योग्य ‘क्याडर’ र बजारमा नाम चलेका तथा गभर्नरको दौडमा देखिएका क्षमतावान र अर्थतन्त्र बुझेका आकांक्षीलाई पाखा लगाउँदै ‘आउटडेटेड’ व्यक्तीलाई केन्द्रीय बैंकको जिम्मेवारी दिने लक्ष्यसहित सरकारले नियुक्तीसम्बन्धी उमेर हदको मापदण्ड नै परिवर्तन गरेको थियाे । अर्थमन्त्रालयले गभर्नर नियुक्तीका लागि जम्माजम्मी एक साता पनि बाँकी नरहेको समयमा सुटुक्क मापदण्ड नै परिवर्तन गरेकाे थियाे ।

अर्थ मन्त्रालयले ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड’मा उमेर हद हटाएको थियो ।

प्रकाशित समय : १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु