गृहपृष्ठ मिर्गाैलापीडितलाई सहयोग
मिर्गाैलापीडितलाई सहयोग
गुल्मी जिल्ला समाज युकेले गुल्मी चन्द्रकोट–४ की एक मिर्गौलापीडित महिलालाई चार लाख १६ हजार आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौलाको समस्याबाट पीडित कमला थापामगर खत्रीलाई उक्त सहयोग गरिएको हो ।
समाजको आह्वानमा बेलायतमा रहेका नेपालीद्वारा सङ्कलन गरिएको उक्त रकम काठमाडौँमा उपचाररत खत्रीलाई हस्तान्तरण गरिएको सहयोग सङ्कलन संयोजक एवं समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले जानकारी दिए ।
दुवै मिर्गाैलामा समस्या देखिएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो । खत्रीको परिवारको आग्रहमा बेलायतमा ‘कमला बचाउँ अभियान’ सञ्चालन गरिएको थियो । उनको मेरुदण्डमा समेत समस्या देखिएका कारण कम्मरभन्दा तलको भाग चल्दैन ।
प्रकाशित समय : १२:३० बजे

















