होटल इच्छाले आइपिओ निष्काशन गर्ने
वि.सं.२०८१ चैत २८ बिहीवार १८:२५
shares

होटल इच्छा लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
नेपाली बजारमा पुँजीको विकासका निम्ति नवीनतम प्रकृतिका सेवाहरू प्रदान गर्ने क्रममा रहेको यस हिमालयन क्यापिटलले वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने होटल इच्छाको ३० लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धि सम्झौता गरेको जनाएको छ ।
बाराको सिमरामा रहेको मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होेटल, होटल इच्छा लिमिटेडको अधिकृत पूँजी२०० करोड रहेको र जारी पूँजी १५० करोड रहेको छ ।
उक्त होटलले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड रकम बराबरको ३० लाख कित्ता सेयरको सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको हो ।
























