काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

1.55K
shares

सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ ।

सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराईसहितको टोली सहभागी छ । शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेको छ ।

वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् ।