गृहपृष्ठ नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका

नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका

नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो ।

नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषक सम्म पुगेको जानकारी गराईएको हो ।

नगरपालिकाका एक हजार ६ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजना सहित सुरु गरिएको परियोजना अन्तर्गत अहिले सम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भईसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए ।

साना किसानको गोठ सुधार,बाख्राको नस्ल सुधार बेमौसमी तथा मौसमी तरकारी खेती र बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ । समीक्षा कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले कार्यक्रम सुरु भएको छोटो अवधीमा नै उत्कृष्ट काम गर्न सफल भएको बताए । नागरिक समक्ष पुग्ने कार्यक्रम भएकाले उद्यमशीलताको विकासमा सहयोगी भएको उनको भनाइ छ ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु