गृहपृष्ठ पियोर इनर्जीको आईपीओ निष्काशन
पियोर इनर्जीको आईपीओ निष्काशन
पियोर इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) निष्काशन गरिएको छ । यस कम्पनीको आईपीओ बिहीबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।
कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । जसको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ ।
सर्वसाधारणले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। वैशाख २ गतेसम्म बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १०:५४ बजे


















