काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्वाभिमान लघुवित्तले बोलायो आठौं वार्षिक साधारण सभा

1.73K
shares

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

सभा आगामी वैशाख १९ गते शुक्रवार कम्पनीको तिलोत्तमा–५, रुपन्देहीस्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।