शिक्षकको आन्दोलनमा नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
वि.सं.२०८१ चैत २७ बुधवार १०:४०
shares

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौंमा शिक्षकहरूले गरिरहेको आन्दोलनमा नेपाल बुद्धिजीवी सङ्गठनले ऐक्यबद्धता जनाएको छ ।
सङ्गठनका वरिष्ठ उपाध्यक्ष निलकण्ठ तिवारीले आज एक वक्तव्य जारी गर्दै गर्दै शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
‘नेपाल शिक्षक महासङ्घ र सरकारबीच यसअघि भएका विभिन्न सहमति, शिक्षण पेशाको मर्यादा र गरिमा, अहिलेसम्मको शान्तिपूर्ण र मर्यादित प्रदर्शन, लामो सयम सडकमा रहँदा उत्पन्न हुने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवम् समग्र शैक्षिक वातावरणमा पर्ने असर समेतलाई महसुस गरी शिक्षकका मागमा ऐक्यबद्धता प्रकट गर्दै गम्भीर र जिम्मेबार बन्न सरकारसँग हाम्रो अनुरोध छ’, वक्तव्यमा भनिएको छ ।
























