सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा
वि.सं.२०८१ चैत २७ बुधवार १०:२८
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ ।
अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले बुधबार बिहान कार्यालयमा छापा हानेको हो ।
अख्तियार स्रोतका अनुसार कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौँ रुपैया राजस्व हिनामिना गरेको उजुरी परेको थियो ।
























