गृहपृष्ठ आज सार्वजनिक बिदा, सेयर कारोबार नहुने
आज सार्वजनिक बिदा, सेयर कारोबार नहुने
आज चैत शुक्ल नवमीको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। यो दिन विशेष रूपले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सवको रूपमा मनाइन्छ ।
सरकारले यस दिनलाई विशेष महत्त्व दिँदै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र सेयर बजारसमेत बन्द गर्ने निर्णय गरेको हो। यसका कारण आज सरकारी तथा सार्वजनिक सेवा कार्यालयहरू बन्द रहनेछन् भने सेयर बजारसमेत आजका लागि बन्द गरिएको छ।
सेयर बजार अब भोलि सोमबार चैत २५ गते बिहान ११ बजेदेखि पुनः खुल्नेछ।
प्रकाशित समय : १०:१९ बजे



















