गृहपृष्ठ समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु : ट्रम्प
समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु : ट्रम्प
CONCORD, NEW HAMPSHIRE - JUNE 27: Republican presidential candidate, former U.S. President Donald Trump stands on stage after being introduced during the New Hampshire Federation of Republican Women's Lilac Luncheon on June 27, 2023 in Concord, New Hampshire. Republican presidential candidate, Florida Gov. Ron DeSantis is also holding a campaign event in New Hampshire today. (Photo by Scott Eisen/Getty Images)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अप्रिल ५ को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडियो एप बेच्ने वा संयुक्त राज्य अमेरिकामा यसमाथि प्रतिबन्ध लगाइनेबारे सम्झौता गर्न विश्वस्त भएको बताएका छन।
“हामीसँग धेरै सम्भावित खरिदकर्ताहरू छन् । टिकटकमा ठूलो चासो छ”, ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूलाई भने, “हामीसँग टिकटक किन्न चाहने धेरै मानिस छन् । हामी चीनसँग पनि यसबारे कुराकानी गरिरहेका छौँ किनभने उनीहरूको यससँग केही सम्बन्ध हुनसक्छ,“म टिकटक जीवित रहेको हेर्न चाहन्छु ।”
सत्र करोड प्रयोगकर्ता रहेको यो प्लेटफर्म अधिग्रहण गर्न इच्छुक चार समूहसँग यस महिना अमेरिकाले वार्ता गरिरहेको ट्रम्पले बताए ।
बेइजिङले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न एपको दुरुपयोग गर्न सक्छ भन्ने चिन्तालाई लिएर लागु गरिएको अमेरिकी कानूनले टिकटकलाई बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्यमा प्रतिबन्ध लगाउन आदेश दिएको छ ।
यो कानून ट्रम्पको शपथग्रहण हुनुभन्दा एक दिनअघि जनवरी १९ मा लागु भयो । तर ट्रम्पले तुरुन्तै ढिलाइको घोषणा गरेपछि यसलाई सञ्चालन जारी राख्न अनुमति दिएको छ । त्यो ढिलाइ अप्रिल ५ मा समाप्त हुने तय गरिएको छ ।
“सम्झौता नभएमा के तपाईं म्याद थप्नुहुन्छ ?” भन्ने प्रश्नमा ट्रम्पले भने, “टिकटकसँग सम्झौता हुनेछ, म निश्चित छु ।”
ट्रम्पले आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा राष्ट्रिय सुरक्षा चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए तर अहिले यसप्रति सकारात्मक भएका छन ।
प्रकाशित समय : १७:१९ बजे


















