global ime bank Long Banner Ad

गृहपृष्ठ आर्थिक वृद्धि ५.१ प्रतिशत अनुमान

आर्थिक वृद्धि ५.१ प्रतिशत अनुमान

आर्थिक वृद्धि ५.१ प्रतिशत अनुमान

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८१-८२ को दोस्रो त्रैमासिकमा राष्ट्रिय लेखा अनुमानअनुसार आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरिएको छ । यातायात, निर्माण, कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरण र वित्तीय मध्यस्थतामा भएको वृद्धिले अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाएको कार्यालयले जनाएको छ। पहिलो त्रैमासमा ऋणात्मक देखिएको निर्माण तथा औद्योगिक क्षेत्रमा समेत सुधार आएको छ।

कार्यालयका अनुसार यातायात तथा भण्डारण क्षेत्रको १४.२ प्रतिशत वृद्धिदर, खानी तथा उत्खननको ९.५ प्रतिशत, विद्युत् तथा ग्यासको ९.२ प्रतिशत, निर्माण क्षेत्रको ९.१ प्रतिशत (पहिले ऋणात्मक थियो), उत्पादनमूलक क्षेत्रको ७.४ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रको ६.६ प्रतिशत, व्यापारको ६.१ प्रतिशत, सूचना तथा प्रविधिको ४.९ प्रतिशत हुने अनुमान छ ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर भने ३.२ प्रतिशत मात्र रहने अनुमान छ । धान, तरकारी, फलफूल, तथा पशुपन्छीजन्य उत्पादनमा वृद्धि भए पनि अन्य क्षेत्रमा तुलनात्मक रूपमा कमजोर प्रदर्शन देखिएको छ । औद्योगिक उत्पादन र व्यापारमा क्रमिक सुधार आएको देखिन्छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा २.२ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ३.१ प्रतिशत, तथा घरजग्गा कारोबारमा ३.१ प्रतिशतको वृद्धि भएको छ।

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु