global ime bank Long Banner Ad

गृहपृष्ठ धनकुटामा डढेलोमा परी जलेर २ घर नष्ट

धनकुटामा डढेलोमा परी जलेर २ घर नष्ट

धनकुटामा डढेलोमा परी जलेर २ घर नष्ट

धनकुटामा डढेलोको चपेटामा परी २ घर जलेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौबिसे गाउँपालिका–२ स्थित देउराली सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्किँदा स्थानियको २ घर जलेर नष्ट भएको हो ।

प्रहरीका अनुसार चौबिसे–४ को बाजथलाका रामबहादुर पाख्रीन र हिरेन्द्र निरौलाको घर जलेर नष्ट भएको छ ।

प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आगलागीबाट पाख्रीनको घरमा रहेको अन्न, लत्ताकपडा, काठपात र फर्निचर गरी ६ लाख रुपैयाँ बराबर तथा हरेन्द्रको २ तले कच्ची घर र गोठ जल्दा १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगो आज बिहान मात्रै नियन्त्रणमा लिइएको छ ।

 

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु