global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण कोरियामा डढेलोमा परी २६ जनाको मृत्यु

दक्षिण कोरियामा डढेलोमा परी २६ जनाको मृत्यु

दक्षिण कोरियामा डढेलोमा परी २६ जनाको मृत्यु

अग्नी नियन्त्रकहरू दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो जङ्गलमा लागेको डढेलोबाट मानिसहरू र प्राचीन कलाकृतिहरूलाई बचाउने प्रयास गरिरहेका छन् ।

गत २१ मार्चबाट दक्षिण–पूर्वमा सुरु भएको आगलागीमा परी अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ भने दशौं हजार मानिसहरू विस्थापित भएका छन् । आगलागीमा परी मारिनेहरू अधिकांश ६० र ७० वर्षका उमेरका भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले सर्वनाशपूर्ण दृश्यहरू वर्णन गरिरहेकाका छन । अधिकारीहरूले मानव गतिविधिहरूले धेरै आगलागी सुरु भएको विश्वास गर्छन् र तिब्र हावाको गति र सुख्खा जमिनले आगलागीलाई छिटो फैलाउने काम गरिरहेको जनाएका छन ।

सो आगलागीमा परी युई सियोङ सहरको १३०० वर्ष पुरानो मन्दिर जलेको छ र अन्य सांस्कृतिक स्थलहरूलाई खतरामा पारेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

 

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु