global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा आयोजित “विद्यार्थीहरुसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण”कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको शंखरापुर नगरपालिकासाँखुस्थित भगवती माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । यूवा तथा विद्यार्थीहरुमा वित्तीय सचेतना जगाउने, वातावरण सरक्षण गर्ने र ३ शुन्य (शुन्य खुद कार्वन उत्सर्जन, शुन्य गरिवी र शुन्य बेरोजगारी)अवधारणाको विकास गर्ने उद्देश्यले शाखा कार्यालय साँखु काठमाडौंले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा संस्थाका नायब महाप्रवन्धक गोविन्द चापागाँईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे साथै प्रवन्धक सुमन श्रेष्ठले श्रोत व्यक्तिको रुपमा वित्तीय साक्षरता कार्यक्रम र ३ शुन्य कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए । उक्त अभिमूखिकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उप–प्रधानाध्यापक संजीव श्रेष्ठ लगायत शिक्षकहरु, शाखा कार्यालयका कर्मचारीहरुलगायत अभिभावकहरुको समेत सहभागीता थियो ।

 

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु