गृहपृष्ठ अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्बजनिक
अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्बजनिक
गत फेब्रुअरी १४ मा अस्पताल भर्ना भएका पोप फ्रान्सिसको पहिलो पटक तस्बीर सार्बजनिक गरिएको छ ।
भ्याटिकनले आइतबार राति अस्पतालबाट पोप फ्रान्सिसको तस्बिर जारी गरेको हो । यस तस्विरमा पोप रोमको जेमेली अस्पतालको एक निजी चैपलमा ह्वीलचेयरमा बसिरहेको देखिन्छ । भ्याटिकनका अनुसार पोपले आइतबार पनि थोरै काम गरेका थिए ।
पोप अस्पताल भर्ना भएको आइतबार ३१ दिन पुरा भएको छ । फेब्रुअरी १४ मा अस्पताल भर्ना भएपछि यो उनको पहिलो तस्बिर हो । ८८ वर्षीय पोप निमोनियाबाट पिडित छन् । उनको स्वास्थ्यमा अहिले सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
प्रकाशित समय : १२:३५ बजे


















