global ime bank Long Banner Ad

गृहपृष्ठ ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक

‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक

‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक

‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक भएको छ। बाल शिक्षा माध्यामिक विद्यालय, पूर्वविद्यार्थी समाजले ग्रन्थ प्रकाशन गरेको सोही पुस्तकको सांसद सूर्य थापाले विमोचन गरेका थिए। विमोचनका क्रममा थापाले ग्रन्थले प्यूठानको इतिहासलाई उजागर गरेको बताए।

उपाध्यायले प्यूठानको विकासमा योगदान गरेको चर्चा गर्दै सांसद थापाले उनले देखाएको मार्गदर्शनमा सबै लाग्नुपर्ने बताए।

‘मसालका महासचिव मोहनविक्रम सिंहले टुँडिखेल जत्रा उपन्यास लेख्नुहुन्छ। भर्खरै पनि उपन्यास (जलजला) आएका छ,’ थापाले थपे,‘तर, यो पुस्तकमा संस्करण गर्न किन कुन्जुस्याइँ गर्नुभयो?’ थापाले पुस्तककार उपाध्याय र नेता सिंह दाजुभाइ दाबी गर्ने तर स्मरणमा लेख्न कन्ज्याइँ गरेको गुनासो गरे। ‘मोहनविक्रमजीले जति पनि कन्जुस्याइँ गरे पनि यो पुस्तकमा दुई परिवार (मोहनविक्रम र उपाध्याय परिवार)को घटना छर्लंग छ।’

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु