गृहपृष्ठ एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै
एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै
नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा विशेष कार्यक्रम घोषणा गर्ने प्रचार विभागले जनाएको छ।
पत्रकार सम्मेलन कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो १२ः३० मा हुने विभागले जनाएको छ। फागुन २६ गते बसेको सचिवालय बैठकले चैत १ गतेबाट सडक संघर्षमा जानेगरी आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो।
प्रकाशित समय : १४:५२ बजे


















