global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभामा गणपूरक सङ्ख्याबारे प्रश्न उठेपछि…

प्रतिनिधिसभामा गणपूरक सङ्ख्याबारे प्रश्न उठेपछि…

प्रतिनिधिसभामा गणपूरक सङ्ख्याबारे प्रश्न उठेपछि…

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक सङ्ख्यामाथि प्रश्न उठेको छ । यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक सङ्ख्या पुगेको यकिन भएको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले सदनमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न उपस्थित सदस्य सङ्ख्याको एक चौथाइ हुनुपर्ने उल्लेख गर्दै सङ्ख्या यकिन गर्न आग्रह गरेको थियो ।

उनले सङ्ख्या नपुग भएको भनी प्रश्न उठाएपछि उपसभामुख इन्दिरा रानाले तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिएको थियो । जनाउ घण्टीपछि उपसभामुख रानाले हालको सङ्ख्याअनुसार एक चौथाइ सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थित सङ्ख्या ९५ रहेको यकिन भएको जानकारी गराउँदै बैठक कारबाही अघि बढाएको थियो ।

प्रकाशित समय : १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु