global ime bank Long Banner Ad

गृहपृष्ठ थाइल्यान्डमा रिड्डारा आरडी६ ले जित्यो सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड

थाइल्यान्डमा रिड्डारा आरडी६ ले जित्यो सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड

थाइल्यान्डमा रिड्डारा आरडी६ ले जित्यो सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड

जिली होल्डिङ्ग समूहको रिड्डारा आरडी ६ ले २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड थाइल्यान्डमा जितेको छ । जसले यसलाई पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको छ । यो पुरस्कार आरडी६ को नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै, यसलाई नयाँ ऊर्जा पिकअप क्षेत्रमा एक अग्रणी बनाउँछ ।

नेपालमा रिड्डारा आरडी६ लाई २०२४ को नाडा अटोशोमा लन्च गरिएको थियो, जहाँ यसले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाएको थियो ।

नेपालमा रिड्डारा आरडी६ सीजी मोटर्सले नेपालमा रिड्डारा आरडी६ को प्रस्तुतिका साथ अत्याधुनिक प्रविधि र उपयोगिता ल्याएको छ। जिलीको राडार ब्राण्ड अन्तर्गत विकास गरिएको आरडी६ मल्टीप्लेक्स अट्याच्ड आर्किटेक्चर (एमएपी) मा निर्माण गरिएको हो, जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (एसईए) प्लेटफर्ममा आधारित छ।

६३ किलोवाट घण्टा लिथियम आयरन फॉस्फेट ब्याट्री जसको एनईडीसी- दावी गरिएको छ जसले ३७७ किमिको दूरी तय गर्ने छ। ७.२ किलीवाट एसी चार्जिङले ९.५ घण्टामा फूल चार्ज हुन्छ । व्हीकल-टु-लोड ६ किलोवाट सम्मको बाह्य उपकरणलाई शक्ति प्रदान गर्न सक्षम हुने छ ।

उन्नत ग्राउन्ड क्लियरन्स २२५ मिमी, जुन आईसीई पिकअपहरूभन्दा २०% बढी छ। गाडीमा १२०० लिटरको बुट स्पेस छ । जसमा पावर सॉकेटहरू समावेश छन्। प्रिमियम इन्टेरियर्स: लेदर-र्याप्ड स्टीयरिङ ह्वील, लेदरटे सीटहरू, १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, र १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । जसको आकार: ५२६० मिमी (लम्बाइ) x १९०० मिमी (चौडाइ) x १८६५ मिमी (उचाइ), ३१२० मिमी व्हीलबेस रहेको छ । सस्पेन्सन: म्याकफर्सन स्ट्रट (अगाडि) र मल्टि-लिंक (पछाडि) रहेको छ ।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु