global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बाबुराम भट्टराईको फेसबुक पेज ह्याक

बाबुराम भट्टराईको फेसबुक पेज ह्याक

बाबुराम भट्टराईको फेसबुक पेज ह्याक

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ । अनधिकृत समूहले १५ लाख फलोअर्स भएको पेज ह्याक गरी अनावश्यक तथा भ्रामक टिप्पणी गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

सचिवालयले भन्यो, “डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज “Dr. Baburam Bhattarai” ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन् । हाल उहाँको आईटी टीम उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ । यसै सन्दर्भमा, डा. भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ ।”

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु