global ime bank Long Banner Ad

गृहपृष्ठ माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह

माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०लाई मर्यादित तथा व्यवस्थित गराउनका लागि सम्बन्धित  निकायले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताएको छ ।  यदी कसैबाट अनियमितता गरेको पाइएमा कानुनअनुसार कडा कारबाही हुने स्पष्ट पारेको छ ।

मधेस प्रदेशको शिक्षा निर्देशनालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा परीक्षा ९एसइई० २०८१ को सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय  एकदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै त्यस्तो निर्देशन दिएको हो ।

मधेस प्रदेशको आठ जिल्लामा उक्त परीक्षामा ८८ हजार ८५८ जना परीक्षार्थी रहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले परीक्षार्थीबाट परीक्षाहलमा मोबाइल फेला परेमा जफत गर्नुपर्ने निर्देशन दिए । साथै माध्यमिक शिक्षाको केन्द्राध्यक्षको छनोटमा भेदभाव नराखी गोलाप्रथाबाट छनोट गर्नुपर्नेसमेत बताए ।

मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि परीक्षा पनि शान्तिपूर्वक तथा मर्यादित र भयरहित वातावरणमा सञ्चालन हुनुपर्ने बताउँदै बदमासी गरेको पाइएमा परीक्षामा खटिने शिक्षक तथा कर्मचारी समेतलाई कारबाही हुने स्पष्ट गरे ।

विगतमा माध्यमिक शिक्षा परीक्षामा हुने चिट चोरी तथा अमर्यादित अब नहुने त्यस्तो भएमा सम्बन्धित सबै निकायलाई कारबाही हुने भनाइ थियो ।

सोही अवसरमा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले विगतमा मधेसमा हुने गरेको माध्यमिक शिक्षा परीक्षामा चिट चोरीको इतिहासलाई रोक्नका लागि सबैले सहयोग गर्नुपर्ने आग्रह गरे । परीक्षाहलमा फेला परेको मोबाइल जफत गर्नुपर्ने तथा फिर्ता गर्न नहुने  सम्बन्धित निकायलाई निर्देशनसमेत दिए ।

साथै यस वर्षको माध्यमिक शिक्षा परीक्षालाई मर्यादित बनाएर नमूनाका रुपमा उदाहरणीय बनाउनुपर्ने बताए ।

मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेलले विभिन्न जिल्लामा भएको माध्यमिक शिक्षा परीक्षाबारे अनुभव सुनाउँदै मधेस प्रदेशमा यही चैत ७ गतेदेखि हुने परीक्षालाई जिल्ला शिक्षा इकाइका कर्मचारी तथा सुरक्षा निकायले गम्भीर भएर मर्यादित बनाउनुपर्ने आग्रह गरे।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । सो शिक्षा विकास निर्देशनालयका अनुसार यही चैत ७ गतेदेखि मधेस प्रदेशको आठ जिल्लामा हुने सो परीक्षामा  ८८ हजार ८५८ परीक्षार्थी, परीक्षा केन्द्र सङ्ख्या ३१२ तथा परीक्षामा सहभागी विद्यालय सङ्ख्या एक हजार २३१ तथा परीक्षामा खटिने कर्मचारीको सङ्ख्या १२ हजार २४२ र सुरक्षाकर्मीको सङ्ख्या चार हजार ५८० रहने बताइएको छ ।

प्रकाशित समय : १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु