गृहपृष्ठ वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो : अध्यक्ष नेपाल
वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने पार्टीद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा जनताको लामो सङ्घर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताए ।
सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै “प्रतिगामी यथास्थितिवादीहरुले अहिले टाउको उठाउन थालेका छन् । सो विषयलाई पार्टीले गम्भीर रुपमा लिएको छ ।” केही समययता काठमाडौँ उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नाराजुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको उनको भनाइ थियो ।
अध्यक्ष नेपालले लोकतन्त्रमाथिको प्रहार सह्य नहुने विचार व्यक्त गर्दै संविधान, लोकतन्त्रका साथै सङ्घीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्व हुनुपर्ने बताए ।
अध्यक्ष नेपालले सङ्घीय लोकतन्त्रमाथि धावा बोलिरहेकाले जनता चनाखो हुनुपर्ने र संविधानको उल्लङ्घन गर्ने छुट कसैलाई पनि नरहेकामा जोड दिए ।
प्रकाशित समय : १६:०४ बजे



















