global ime bank Long Banner Ad

गृहपृष्ठ लक्ष्मी सन्राइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

लक्ष्मी सन्राइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

लक्ष्मी सन्राइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

लक्ष्मी सन्राइज बैंक को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. बिच सो कम्पनीले मुस्ताङ तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमानिर्माणगर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।

सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपियाँ रहेको छ । कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले २०७५ फागुनमा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै २०७९ फागुनमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ९ अर्ब रहेको छ भने सह–अगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रहेको छ ।

अन्य सहभागी बैंकहरु हिमालयन बैंकको ३ अर्ब, नेपाल एस.बि.आइ. बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोडसमेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रहेको छ ।

प्रकाशित समय : १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु