global ime bank Long Banner Ad

गृहपृष्ठ अखिल नेपाल महिला सङ्घको छ वटा पालिका अधिवेशन सम्पन्न

अखिल नेपाल महिला सङ्घको छ वटा पालिका अधिवेशन सम्पन्न

अखिल नेपाल महिला सङ्घको छ वटा पालिका अधिवेशन सम्पन्न

नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घको जिल्लाका छ वटा गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ। जिल्ला कार्य समिति गठनका लागि चौथो गाउँपालिका अधिवेशन फरक फरक मितिमा सम्पन्न भएका हुन्।

सङ्घ हुम्लाकी अध्यक्ष मन्जु रावलले जिल्ला अधिवेशन गर्नु अगाडि गाउँपालिका अधिवेशन गर्नुपर्ने भएको कारण छ वटा गाउँपालिकामा अधिवेशन भएर नयाँ नेतृत्व चयन भएको बताइन।

उनका अनुसार ताजाकोट गाउँपालिकामा कविता बोगटीको अध्यक्षतामा २१ सदस्यीय सङ्घको गाउँपालिका कमिटी गठन गरिएको छ।

अदानचुलीमा तारा रावल ऐडी, चङ्खेलीमा मिठु शाही, सर्केगार्डमा बाचकला शाही जैसी, खार्पुनाथमा गीता शाही र सिमकोट गाउँपालिका बाँचु रावतको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको छ। अध्यक्ष लगायत उपाध्यक्ष दुई जना, सचिव, उपसचिव र कोषाध्यक्षसहित छ जना पदाधिकारी गाउँपालिका अधिवेशनले चयन गरेको छ। गाउँपालिकामा १५ जना सदस्य चयन भएका छन्।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु