global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भायानेटले ल्यायो ‘साम्बा प्याक’, ८५ सयमा वर्षभर १०० एमबीपीएस इन्टरनेट

भायानेटले ल्यायो ‘साम्बा प्याक’, ८५ सयमा वर्षभर १०० एमबीपीएस इन्टरनेट

भायानेटले ल्यायो ‘साम्बा प्याक’, ८५ सयमा वर्षभर १०० एमबीपीएस इन्टरनेट

इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले नयाँ इन्टरनेट योजना ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ । आजदेखि लागु भएको यो योजना चर्चित महिला फुटबल खेलाडी सावित्री भण्डारी ‘साम्बा’ बाट प्रेरित भई उच्च गतिको, भरपर्दो र किफायती इन्टरनेट सेवा उपलब्ध गराउन ल्याएको कम्पनीले जनाएको छ ।

‘साम्बा प्याक’ अन्तर्गत ५० एमबीपीएस, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएसका इन्टरनेट योजना उपलब्ध छन् । विशेषगरी १०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्नेछन् । कम्पनीका अनुसार १०० एमबीपीएसको लागि  ८,५०० (कर सहित) वार्षिक शुल्क राखिएको छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु