global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरमा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ घर भई सोही स्थानमा बस्ने ४३ वर्षीय सुनिल दवाडी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दवाडीलाई फागुन २३ गते ललितपुर महानगरपालिका-५ भनिमण्डपबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार दवाडीविरूद्ध २५ लाख रुपैयाँको बैंकिङ कसुरको उजुरी थियो।

दवाडीलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको आचार्यले बताए।

 

 

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु