global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पुर्वप्रेमी शाहिदलाई करीनाले अंगालो हालेपछि…

पुर्वप्रेमी शाहिदलाई करीनाले अंगालो हालेपछि…

पुर्वप्रेमी शाहिदलाई करीनाले अंगालो हालेपछि…

अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आइफा) २०२५ जयपुरमा सुरु भएको छ, जहाँ धेरै बलिउड सेलिब्रेटीहरू आइपुगेका छन् ।

यसैबीच, आईफा पत्रकार सम्मेलनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा करीना कपूर खानले शाहिद कपूरलाई अँगालो हालेको भिडियो र तस्बीर सामाजिक सञ्जालमा भाइरल भयेक छ । यति मात्र होइन, करिनाले पनि रोकिएर शाहिदसँग कुरा गरिन् र सँगै उभिएर पोज पनि दिइन् । यो भिडियो र तस्बीर अहिले भाइरल भइरहेको छ र फ्यानहरूले पनि यसमा धेरै टिप्पणी गरिरहेका छन्।

गत वर्ष दादा साहेब फाल्के अवार्डबाट करिनाले शाहिदलाई बेवास्ता गर्दै रेड कार्पेटमा अगाडि बढेको भिडियो र तस्बीर भाइरल भएको थियो ।

करिना र शाहिदले २००४ मा फिल्म फिदा को सेटदेखि एकअर्कालाई डेट गर्न थालेका थिए । दुवैले २००७ सम्म एकअर्कालाई डेट गरे । उनीहरुले सार्बजनिक रुपमै आफ्नो प्रेम व्यक्त गरेका थिए ।

त्यसपछि फिल्म जब वी मेट को छायांकनको क्रममा दुवै अलग भएका थिए । दुवैले २०१६ मा फिल्म उडता पंजाब मा पनि सँगै काम गरेका थिए, तर त्यसमा उनीहरूको कुनै पनि दृश्य थिएन ।

प्रकाशित समय : ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु