global ime bank Long Banner Ad

गृहपृष्ठ द्रौपदी’ को ट्रेलरमा कर्णालीका दुख

द्रौपदी’ को ट्रेलरमा कर्णालीका दुख

द्रौपदी’ को ट्रेलरमा कर्णालीका दुख

कर्णाली भेकको जनजीवनको कथामा निर्माण गरिएको फिल्म ‘द्रौपदी’ को ट्रेलर सार्वजनीक गरिएको छ । ऋषिराज आचार्य लिखिति तथा निर्देशीत तीन मिनेट लामो ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र ब्यथाहरुलाई प्रस्तुत गरिएको छ ।

यसअघि सार्वजनीक टिजर र ‘कर्णाली कटौला’ गीतले चर्चा पाइरहेको बेलामा ०८ चैत्रबाट दर्शकमाझ आउन लागेको ‘द्रौपदी’ को ट्रेलर ल्याइएको हो ।

रिलिज अघिनै केही अन्तर्राष्ट्रिय फेस्टिभलमा पनि छनोट भएको फिल्म डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णाली बिभिन्न स्थानमा खिचिएको हो । नारी सम्वेदनात्मक लाग्ने फिल्को ट्रेलरमा प्रमुख अभिनेता निर्देशक स्वयम् ऋषिराज आचार्य,शीर्ष अभिनेत्री आश्विनी शाही,गायक रबि ओड, सुजाता तिमिल्सिना,कबिराज भाम, जेल्सन अधिकारी,बिष्णु ठडराई, प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारीलगायतका कलाकारलाई देख्न सकिन्छ । निर्देशक आचार्य स्वयम्को लेखन,अनिल महर्जनको सम्पादन,सौरभ शर्माको पाश्र्व संगीत, तथा मोहनकुमार झिल्लुको छायांकन रहेको फिल्मका गीतमा रबि ओड र इन्द्रकला राईको आवाज छ । आर बि मुभिजमा बनेको फिल्मको सहनिर्माता ऋतु आचार्य र बिष्णु ठडराई, अनि निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् । फिल्मको बितरण एप्पल इन्टरटेन्टमेन्ट,एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा गर्दैछन ।

प्रकाशित समय : ०९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु