global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ newsप्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै

newsप्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै

newsप्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजे धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको छ । प्रधानमन्त्री ओली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुअघि सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित समय : ०९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु