global ime bank Long Banner Ad

गृहपृष्ठ बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा कम्प्युटर शिक्षक पक्राउ

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा कम्प्युटर शिक्षक पक्राउ

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा कम्प्युटर शिक्षक पक्राउ

विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका छन्।

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनलाई दुई दिनअघि सप्तकोशी नगरपालिका-२ स्थित गौवर्द्धन बैरागी जनता माविबाट पक्राउ गरिएको हो।

उनले सोही दिन बिहान ८ बजे १६ वर्षीया नाबालिका ‘कञ्चनपुर २०८१/८२’लाई बाल यौन दुरुपयोग गरेको उजुरी परेको थियो।

राउत सो विद्यालयमा कम्युटर शिक्षक हुन्। उनले बालिकामाथि यौन दुरुपयोग गरेको जानकारी पाएपछि पक्राउ गर्न इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली विद्यालयमा पुगेको थियो।

‘यौन दुरुपयोग गरेको भनी सम्बन्धित बालिकाले नै प्रहरीलाई जानकारी गराएकी छिन्,’ प्रहरी उपरीक्षक खतिवडाले भने, ‘हिरासतमा राखेर अहिले अनुसन्धान थालिएको छ।’

 

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु