global ime bank Long Banner Ad

गृहपृष्ठ गाँजा कारोबारी समात्न धरानको जंगलमा मध्यराति प्रहरीद्वारा हवाई फायर

गाँजा कारोबारी समात्न धरानको जंगलमा मध्यराति प्रहरीद्वारा हवाई फायर

गाँजा कारोबारी समात्न धरानको जंगलमा मध्यराति प्रहरीद्वारा हवाई फायर

सुनसरीको धरानमा हवाई फायर गरी लागुऔषध गाँजा ओसार-पोसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान राति १ बजे धरान उपमहानगरपालिका-२० मा प्रहरीले हवाई फायर गरी धनकुटा साँगुरीगढी नगरपालिका-१ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गर्न हवाई फायर गरेको सुनसरी प्रहरीले जनाएको छ।

सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार राईलगायत व्यक्ति विष्णुपादुकाबाट रेल्वेतर्फ जंगलको बाटो हुँदै गाँजाको भारी बोकेर हिँडिरहेका थिए।

उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको तिम्सिनाले बताए। ओसार-पोसारमा संलग्न रहेकामध्ये राईबाहेक अन्य फरार भएको प्रहरीले जनाएको छ।

उक्त स्थानबाट प्रहरीले ९ वटा भारी बनाएर बोकेको २२५ किलो गाँजा बरामद गरेको छ। ओसार-पसारमा संलग्न रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित समय : १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु