global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव

प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव

प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले अध्यादेश प्रस्तावलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् ।

बुधबारको बैठकमा सरकारले यसअघि नै पेस गरेको अध्यादेशमाथि छलफल जारी हुँदा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे।

‘यो अध्यादेशमार्फत शासन गर्न खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ। सरकारले ल्याएको अस्वीकार गर्ने प्रस्ताव पेस गर्दै अस्वीकार गर्न माग गर्दछु,’ उनले भने ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जोशीको प्रस्तावलाई समर्थन गर्दै अध्यादेश अस्वीकारको पक्षमा हुन सबैलाई आग्रह गरे। ‘स्वीकार गरियोस् यसका लागि सबै सदनसमक्ष सभामुखमार्फत माग गर्दछु। यो किन माग गर्छु भने संसद्को बैठक बोलाउन सकिने वातावरण हुँदा हुँदै अध्यादेश ल्याउनु आपत्तिजनक छ,’ पाण्डेले भने, ‘कानुन विधेयकको रुपमा अर्थ समितिमा पेस गरेकै छ। फिर्ता पनि लिइएको छैन। जसरी अध्यादेश ल्याएको छ सरकारले सदनलाई अपमान गरेको छ।’

रास्वपा सांसद शिशिर खनालले कानुन बनाउने अधिकार संसद्को भन्दै सरकारको नरहेको उल्लेख गरे । बुधबारको बैठकमा पाँचवटा अध्यादेश स्वीकृत गर्ने तयारी छ।

 

प्रकाशित समय : १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु