global ime bank Long Banner Ad

गृहपृष्ठ स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) लाई पहिलो संगठन बनाउन प्रचण्डको अपिल

स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) लाई पहिलो संगठन बनाउन प्रचण्डको अपिल

स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) लाई पहिलो संगठन बनाउन प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट भएको बताएका छन् ।

अखिल (क्रान्तिकारी) प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले केन्द्रीय समिति बैठकले दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका हुन् । उनले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको समेत बताए । यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको जानकारी गराए ।

पार्टीकै अर्को निर्णय अनुसार जनतासँग माओवादी तराई मधेस जागरण थालिएको पनि अध्यक्ष प्रचण्डले बताए । अभियानको क्रममा आर्थिक समृद्धिका सम्भावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको बताए ।

प्रकाशित समय : ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु