global ime bank Long Banner Ad

गृहपृष्ठ सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु

सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु

सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु

सुडानमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको मृत्यु भएको हो । उक्त विमान सेनाका उच्च अधिकारीहरू बोकेर सैन्य मिसनमा जाँदै थियो ।

दुर्घटना बाक्लो बस्तीमा भएको थियो । त्यसैले कम्तिमा पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ । विमानको भग्नावशेष आवासीय घरहरूमा खसेको छ, जसले केही घरहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

स्थानीय स्वयंसेवी समूहले दुर्घटनापछि अस्पतालमा गम्भीर रूपमा जलेका घाइतेहरू र दश शवहरू ल्याइएको जनाएको छ । सो समूहले बाँचेकाहरूमा गम्भीर चोटहरू रहेको पनि उल्लेख गरेको छ ।

विमान दुर्घटनाको कारण खुलेको छैन । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले दुर्घटनाको कारण प्राविधिक गडबडी हुनसक्ने जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले विमान निकै होचो उचाइमा उडिरहेको र अचानक भुइँतर्फ खस्दै जाँदा आगो लागेको देखेको बताएका छन् ।

यो दुर्घटनाले सुडानमा जारी गृहयुद्धको संकटलाई थप गहिरो बनाएको छ । सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स बीच २०२३ को अप्रिलदेखि चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म २९ हजार ६०० भन्दा बढी मानिस मारिएका छन् । १५ लाभभन्दा बढी विस्थापित भएका अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।

प्रकाशित समय : ११:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु