global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गदैँ बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ ।

अब ग्राहकहरूले बैंकमा भौतिक रूपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइल एप, के।एस। आइ मोबाइल बैंकिङ मार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन् ।

ग्राहकहरूले अब बैंकमा जानु पर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । के एस आइ मोबाइल बैंकिङमा लगइन गरी फिक्स डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिनेछ ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु