global ime bank Long Banner Ad

गृहपृष्ठ इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्प गएको छ । अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

कुनै पनि प्रकारको क्षतिको विवरण आइसकेको छैन । संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्तनजिकै १० किलोमिटर गहिराइमा थियो ।

भूकम्पको जोखिममा इन्डोनेसिया

इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूको चालका कारण भूकम्प गइरहन्छ । जनवरी २०२१ मा सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १०० भन्दा बढी जनाको मृत्यु भएको थियो भने हजारौँ घरबारविहीन भएका थिए ।

 

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु