global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष नेपालमा

भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष नेपालमा

भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष नेपालमा

नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका छ जना पूर्वस्थल सेनाध्यक्ष नेपाल आइपुगेका छन ।

पूर्वस्थल सेनाध्यक्ष जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल डा विजयकुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा), जनरल (डा) मनोज मुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) आज यहाँ आइपुगेको नेपाली सेनाले जनाएको छ ।

उनिहरू सम्मिलित भ्रमण दलले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित समय : १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु