global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ परराष्ट्रमन्त्री डा. राणा जेनेभा प्रस्थान गदै

परराष्ट्रमन्त्री डा. राणा जेनेभा प्रस्थान गदै

परराष्ट्रमन्त्री डा. राणा जेनेभा प्रस्थान गदै

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि ९फागुन १० गते० स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै ।

उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुनेछ । मन्त्री डा. राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्तरराष्ट्रिय सङ्गठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्नेछजनाइएको छ ।

परराष्ट्रमन्त्री डा राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउन पहल गर्नेछ ।

परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ । यही फागुन १६ गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु