global ime bank Long Banner Ad

गृहपृष्ठ रौतहट स्तरिय साईकल दौंड प्रतियोगितमा रानीकुमारी प्रथम

रौतहट स्तरिय साईकल दौंड प्रतियोगितमा रानीकुमारी प्रथम

रौतहट स्तरिय साईकल दौंड प्रतियोगितमा रानीकुमारी प्रथम

रौतहट जिल्ला स्तरीय साईकल दौड प्रतियोगितामा रानी कुमारी यादव प्रथम स्थान ल्याउन सफल भएकी छिन्।

राजदेवी मीडिया सेन्टरले आयोजना गरेको १२ औ जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता बुधवार उनी प्रथम भएकी हुन्।

प्रतियोगितामा प्रथम राजदेवी नगरपालिकामा ६ की रानी कुमारी यादव, दोस्रोस्थानमा वडा २ की सन्जनी कुमारी यादव ,वडा ६ की रबिना कुमारी साह तेस्रोस्थान हासिल गरेको आयोजक मीडिया सेन्टरका अध्यक्ष रामपुकार राउतले बताएका छन्।

बुधवार एक समारोहको आयोजना गरी प्रमुख अतिथी मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले महिला साइकल दौड प्रतियोगितामा प्रथम रानी कुमारी यादव लाई ५० हजार, दोस्रो सन्जनी कुमारी यादव लाई ३० हजार, तेस्रो रबिना साह लाई २० हजार रुपैयाँको चेक हसतान्तरण गरेका छन्।

कार्यक्रममा प्रदेश सभामुख मण्डलका साथै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज अजय कुमार गुप्ता, केन्द्रिय लेखा आयोग सदस्य राजकिशोर यादव, प्रदेश सांसद नागेन्द्र साह सेन्टर अध्यक्ष राउत, लगायतको सहभागिता रहेको थियो।

फाईनल प्रतियोगितामा सहभागी सबै १५ जना बालिकाहरू लाई प्रोत्साहन स्वरूप साईकल प्रदान गरिएको आयोजकले न्युज कारखाना लाई जनाएको छ।

महिला सशक्तिकरणका लागि राजदेवी मिडिया सेन्टरले २०६८ साल देखि प्रत्येक बर्ष महिला साइकल दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ। कोरोनाकालमा भएको थिएन।

 

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु